Wednesday 16 November 2011

बधाई छ बाबुराम सरकारलाई, रेकर्ड तोडेकोमा / मन्त्रीहरुको संख्या हाफ सेन्चुरी

बधाई छ बाबुराम सरकारलाई, रेकर्ड तोडेकोमा / मन्त्रीहरुको संख्या हाफ सेन्चुरी

प्रधानमन्त्री बाबुराम भट्टराई नम्बर वन भएका छन्। उनले नेपालको इतिहासमा नाम लेखाउन सफल भएका छन्- अहिलेसम्म कै सबैभन्दा ठूलो मन्त्रिमण्डलको रेकर्ड तोडेर। यसअघि २०५२ सालमा एमालेको अल्पमतको सरकार ढालेर प्रतिपक्षी धेरै दलहरुको समर्थन लिएर नेपाली कांग्रेसका शेरबहादुर देउवाले बनाएको मन्त्रिमण्डल सबैभन्दा ठूलो भनी इतिहासमा कलंकित थियो। आजदेखि महान पार्टीका महान कमरेड बाबुराम भट्टराईले देउवाको ४८ सदस्यीय मन्त्रिमण्डलको रेकर्ड तोडेका हुन्। यी तिनै भट्टराई थिए, जसले प्रधानमन्त्री हुने बित्तिकै महँगो विलासी गाडी चढ्दिनँ भन्दै नेपाल मै बनेको मुस्ताङ गाडी चढ्ने ढोङ रचेका थिए। अनि यी तिनै भट्टराई हुन्, जसले अमेरिका जाँदा बिजनेस क्लासको टिकट नलिई इकोनोमी क्लासको टिकटमा यात्रा गरेर मितव्ययीताको नमूना देखाउन खोजेका थिए।

तिनै भट्टराईले कामै नहुने मन्त्रालयहरुमा समेत राज्यमन्त्रीहरु थपेर मन्त्री संख्या ४९ पुर्‍याएका छन्। त्यो पनि त्यस्तो सरकारमा जसमा मधेसवादी दलबाहेक अरु दलहरु समावेशै छैन। 
भट्टराईले सुरिताकुमारी साह (सूचना तथा सञ्चार), खोभारी राय यादव (उद्योग) र ओमप्रकाश यादव (कृषि तथा सहकारी)लाई राज्यमन्त्री नियुक्त गरेपछि मन्त्रीहरुको संख्या ४९ पुगेको हो। अझै रक्षा मन्त्रालय खाली नै छ। त्यसमा पनि मन्त्री नियुक्त भए मन्त्रीहरुको संख्या हाफ सेन्चुरी हुनेछ।
यति धेरै मन्त्रीहरुलाई कति तलब र के के सुविधा दिनुपर्छ भन्ने तपाईँलाई लागेको होला। आउनुस्, हामी तपाईँलाई पूरै जानकारी दिन्छौँ। मन्त्रीहरुलाई ‘मन्त्रीहरुको पारिश्रमिक र सुविधा ऐन २०४९’ अनुसारको सुविधा दिइन्छ। त्यसमा के के छ त सुविधा ? हेर्नुस् र एक मन्त्री थपिँदा राज्यलाई कति भार पर्दो रहेछ आफै हिसाब निकाल्नुस्।

मासिक तलब कति ?
प्रधानमन्त्री ३६ हजार ९ सय रूपैयाँ,
उपप्रधानमन्त्री ३१ हजार रूपैयाँ,
मन्त्री २८ हजार ९ सय २० रूपैयाँ,
राज्यमन्त्री २७ हजार ३ सय ६० रूपैयाँ
सहायकमन्त्री २६ हजार ७ सय ३० रूपैयाँ
माथिको मासिक पारिश्रमिक मिति २०६६।४।१ गतेदेखि पाउने निर्णय मन्त्रिपरिषद्ले मिति २०६६।५।१७ मा गरेको। यस सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन भएको नदेखिएको।

(२) नेपाल सरकारले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी मन्त्रीहरूको मासिक पारिश्रमिकमा परिवर्तन गर्न सक्नेछ।
(३) कुनै मन्त्रीको मन्त्री पदमा बहाल रहेकै अवस्थामा मृत्यु भई वा निजले दिएको राजीनामा स्वीकृत भई वा मन्त्रिपरिषद् विघटन भई वा अन्य कुनै तवरबाट निज मन्त्री पदमा कायम नरहेमा निजलाई मन्त्री पद कायम रहेको दिनसम्म पाउने पारिश्रमिकको अतिरिक्त एक
महिनाको थप पारिश्रमिक दिइनेछ ।

आवास सुविधा : (१) मन्त्रीहरूलाई आवासको निमित्त नेपाल सरकारबाट सरकारी घरको बन्दोबस्त हुनेछ। त्यस्तो घरको बन्दोबस्त नभएकोमा वा काठमाडौं उपत्यकामा आफ्नो उपयुक्त घर नभएका मन्त्रीहरूलाई घरभाडा बापत प्रतिमास तिर्नु पर्ने रकम नेपाल सरकारले तोकिदिए बमोजिम हुनेछ।
(२) उपदफा (१) बमोजिम बन्दोबस्त भएको सरकारी घर कम्पाउण्डको मर्मत र सरसफाइ खर्च बापत प्रत्येक वर्ष मन्त्रीहरूलाई निजहरूको मासिक पारिश्रमिकको आधा रकम दिइनेछ। यो सुविधा भाडाको घरमा बसे पनि दिइनेछ।
(३) काठमाडौं उपत्यकामा स्थायी बासस्थान भई उपयुक्त घर भएका मन्त्रीलाई निजको घर कम्पाउण्डको मर्मत र सरसफाइ खर्च बापत प्रत्येक महीना एकहजार पाँचसय रूपैयाँ दिइनेछ।
(४) यस दफा बमोजिमको सुविधा मन्त्रीहरूले आफ्नो कार्यकाल समाप्त भएको मितिले सात दिनसम्म पाउनेछन्।

बिजुली, धारा र टेलिफोन सुविधा : प्रधानमन्त्रीको आवासमा जडान भएका बिजुली धारा र टेलिफोन तथा अन्य मन्त्रीहरूको आवासमा जडान भएका एक इकाईको बिजुली, धारा र नेपालभित्र गरिने टेलिफोनको महसुल (जरिवाना बाहेक) नेपाल सरकारले ब्यहोर्नेछ।
तर प्रधानमन्त्री, परराष्ट्र, गृह र अर्थ सम्बन्धी मन्त्रीलाई भने नेपाल सरकारले तोके बमोजिम सरकारी काममा विदेशमा गरेको टेलिफोन महसुल समेत दिन सकिनेछ।

६६. सवारी तथा इन्धन सुविधा : (१) देहायका मन्त्रीहरूलाई देहाय बमोजिम सवारी तथा इन्धन सुविधा
दिइनेछ : –
(क) प्रधानमन्त्री :
(१) सवारीको निमित्त मोटर दुई।
(२) मासिक तीनसय चालिस लिटर पेट्रोल।
(३) त्रैमासिक दश लिटर मोबिल।
(ख) उपप्रधानमन्त्री :
(१) सवारीको निमित्त मोटर एक।
(२) मासिक दुईसय पैसठ्ठी लिटर पेट्रोल।
(३) त्रैमासिक पाँच लिटर मोबिल।
(ग) मन्त्री :
(१) सवारीको निमित्त मोटर एक।
(२) मासिक दुईसय तीस लिटर पेट्रोल।
(३) त्रैमासिक पाँच लीटर मोबिल।
(घ) राज्यमन्त्री र सहायकमन्त्री :
(१) सवारीको निमित्त मोटर एक।
(२) मासिक दुईसय लीटर पेट्रोल।
(३) त्रैमासिक पाँच लिटर मोबिल।
(२) मोटरको मर्मत र मोटरलाई चाहिने ग्रीजको बन्दोबस्त केन्द्रीय सेवा विभागबाट हुनेछ।
(३) पेट्रोल र मोबिलको बिल भौचर बुझाउनु पर्ने छैन।
(४) यस दफाबमोजिमको सुविधा मन्त्रीहरूले आफ्नो कार्यकाल समाप्त भएको मितिले सात दिनसम्म पाउनेछन्।

दैनिक तथा भ्रमण भत्ता
७. दैनिक तथा भ्रमण भत्ता : (१) मन्त्रीहरूलाई सरकारी कामको सिलसिलामा नेपालभित्र भ्रमण गर्दा
देहाय बमोजिम दैनिक तथा भ्रमण भत्ता दिइनेछ : –
(क) दैनिक भत्ता :
(१) प्रधानमन्त्री– रू. २१०।–
(२) उपप्रधानमन्त्री– रू. १९५।–
(३) मन्त्री– रू. १९०।–
(४) राज्यमन्त्री– रू. १८०।–
(५) सहायकमन्त्री– रू. १४५।–
(ख) भ्रमण भत्ता :
(१) पैदल भ्रमण गर्दा,–
(क) प्रधानमन्त्रीलाई प्रतिकोस पच्चीस रूपैयाँ।
(ख) उप प्रधानमन्त्रीलाई प्रतिकोस बीस रूपैयाँ।
(ग) मन्त्रीलाई प्रतिकोस पन्ध्र रूपैयाँ।
(घ) राज्यमन्त्री र सहायक मन्त्रीलाई प्रतिकोस दश रूपैयाँ।
(२) मोटरबाट भ्रमण गर्दा बिल भर्पाई बमोजिमको एउटा सवारी साधनको लागि लागेको इन्धन खर्च।
(३) रेलबाट भ्रमण गर्दा प्रधानमन्त्रीलाई दुईजनालाई लाग्ने एयर कण्डिशन भएको ठाउँमा एयर कण्डिशनको र सो नभएको
ठाउँमा पहिलो दर्जाको टिकट खर्च र वर्थ रिजर्भ गरेमा सो रिजर्भ गरेको खर्च समेत र अन्य मन्त्रीलाई एकजनालाई लाग्ने
एयर कण्डिशन भएको ठाउँमा एयर कण्डिशनको र सो नभएको ठाउँमा पहिलो दर्जाको टिकट खर्च र वर्थ रिजर्भ गरेमा सो
रिजर्भ गरेको खर्च समेत।
(४) हवाईजहाजबाट भ्रमण गर्दा प्रधानमन्त्रीलाई दुईजनालाई लाग्ने टिकट खर्च र अन्य मन्त्रीलाई एकजनालाई लाग्ने टिकट खर्च।
(५) अन्य सवारी साधनबाट भ्रमण गर्दा लाग्ने टिकट खर्च र ज्याला।
(६) मन्त्रीले अति आवश्यक सम्झेमा निजी सचिवालयका कर्मचारीलाई भ्रमणमा साथै लान सक्नेछन्। यसरी भ्रमणमा
जाने कर्मचारीलाई नेपाल सरकारको नियमानुसार दैनिक तथा भ्रमण भत्ता दिइनेछ। मन्त्रीको साथमा भ्रमणमा जाने
कर्मचारीको संख्या नेपाल सरकारले तोक्न सक्नेछ।
(२) मन्त्रीहरूलाई सरकारी काममा वा नेपाल सरकारको तर्फबाट विभिन्न समारोह, उत्सव, सम्मेलन आदिमा भाग लिन नेपालबाहिर भ्रमण गर्दा देहाय बमोजिम दैनिक तथा भ्रमण भत्ता दिइनेछ : –
(क) दैनिक भत्ता :
(१) जापान, दक्षिण कोरिया, फिलिपिन्स बाहेक अन्य सबै एशियाली मुलुकहरूमा भ्रमण गर्दा प्रधानमन्त्रीले प्रतिदिन एकसय पच्चीस
अमेरिकी डलर र अरू मन्त्रीहरूले प्रतिदिन एकसय अमेरिकी डलर भत्ता पाउनेछन्।
तर भारतको हकमा परिवर्त्य विदेशी मुद्रा बराबर भारतीय मुद्रा उपलब्ध गराइनेछ।
(२) जापान, दक्षिण कोरिया, फिलिपिन्स लगायत अरू सबै मुलुकहरूमा भ्रमण गर्दा प्रतिदिन प्रधानमन्त्रीले एकसय पचास
अमेरिकी डलर र अरू मन्त्रीहरूले प्रतिदिन एकसय पच्चीस अमेरिकी डलर भत्ता पाउनेछन्।
(ख) भ्रमण भत्ता :
(१) मोटरबाट भ्रमण गर्दा बिल बमोजिमको मोटर भाडा।
(२) रेलबाट भ्रमण गर्दा प्रधानमन्त्रीलाई दुईजनालाई लाग्ने एयर कण्डिशन भएको ठाउँमा एयर कण्डिशनको र सो नभएको
ठाउँमा पहिलो दर्जाको टिकट खर्च र अन्य मन्त्रीलाई एकजनालाई लाग्ने एयर कण्डिशनको र सो नभएको ठाउँमा
पहिलो दर्जाको टिकट खर्च।
(३) हवाईजहाजबाट भ्रमण गर्दा नियमित सेवा (सेड्युल्ड फ्लाईट) मा प्रधानमन्त्रीलाई
दुईजनालाई लाग्ने पहिलो दर्जाको टिकट खर्च र उपप्रधानमन्त्रीलाई एकजनालाई लाग्ने पहिलो
दर्जाको टिकट खर्च र अन्य मन्त्रीलाई एकजनालाई लाग्ने बिजिनेस क्लासको टिकट खर्च।
(४) जलमार्गबाट भ्रमण गर्दा एकजनालाई लाग्ने बिल बमोजिमको खर्च।
(५) मन्त्रीहरूले नेपालबाहिर औपचारिक रूपमा विदेशी राष्ट्रहरूको अतिथिको रूपमा
भ्रमणमा जाँदा त्यस्ता राष्ट्रमा रहुञ्जेलसम्म उपदफा (२) को खण्ड (क) बमोजिम पाउने दैनिक
भत्ताको आधाका दरले मात्र दैनिक भत्ता पाउनेछन्।

८. भ्रमण सम्बन्धी अन्य व्यवस्था : (१) मन्त्रीहरूले भ्रमणबाट फर्केको दिनको आधा दैनिक भत्ता पाउनेछन्। यस्तो भत्ता निजहरूले फर्केको अघिल्लो दिन बसेको स्थानको लागि पाउने न्यूनतम दैनिक भत्ताको आधा हुनेछ।
(२) भ्रमण भत्ताको भुक्तानीको निमित्त मन्त्रीहरूले भ्रमणबाट फर्केको मितिले पैंतीस दिनभित्र भ्रमण बिल भरी कोष प्रमाण, लगबुक, बिल, भर्पाई आदि आवश्यक प्रमाणहरू उपलब्ध गराउनु पर्नेछ।

९. लुगा भत्ता : (१) मन्त्रीहरूले सरकारी काममा वा नेपाल सरकारको तर्फबाट विभिन्न समारोह, उत्सव, सम्मेलन आदिमा भाग लिन नेपालबाहिर जाँदा तीन वर्षमा एक पटक देहाय बमोजिमका दरले लुगा भत्ता बापत पाउनेछन्ः–
(क) प्रधानमन्त्री– रू. ६,२००।–
(ख) उपप्रधानमन्त्री– रू. ५,७००।–
(ग) मन्त्री– रू. ५,६७०।–
(घ) राज्यमन्त्री– रू. ५,३२०।–
(ङ) सहायकमन्त्री– रू. ४,३२०।–
(२) उपदफा (१) बमोजिम नेपालबाहिर जाँदा मन्त्रीले आफ्नो श्रीमती समेत साथमा लैजाने स्वीकृति पाएमा श्रीमतीको लागि आफ्नो एक महीनाको पारिश्रमिकको आधा रकम तीन वर्षमा एक पटक लुगा भत्ता बापत पाउनेछ।

१०. नेता भत्ता : मन्त्रीहरूले नेताको रूपमा विदेश जाँदा आफूले पाउने दैनिक भत्ताको पचास प्रतिशत
थप नेता भत्ता बापत पाउनेछन्।

११. बीमा सुविधा : मन्त्रीहरूलाई भ्रमण गर्दा तीनलाख रूपैयाँको यात्रा बीमा गर्न लाग्ने रकम र हवाई
उडान कर बापत लाग्ने रकम दिइनेछ।

१२. उपचारको सुविधा : (१) मन्त्रीहरूलाई सामुहिक रूपमा नेपाल सरकारले तोकेको एकजना चिकित्सकको सेवा उपलब्ध गराइनेछ।
(२) अस्पतालमा भर्ना भई औषधी उपचार गर्नु पर्ने भनी उपदफा (१) बमोजिम तोकिएको चिकित्सकले सिफारिश गरेको मन्त्रीले अस्पतालमा भर्ना भई औषधी उपचार गराएमा त्यसरी उपचार गराउँदा लागेको प्रेस्त्रि्कप्शन तथा बिल बमोजिमको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने छ।
(३) मन्त्रीहरूले विदेशमा गएर उपचार गराउन परेमा नेपाल सरकारले तोकेको उपचार खर्च पाउनेछन्।

विविध
१३. निजी सचिवालयको व्यवस्थाः (१) मन्त्रीहरूलाई आफ्नो कार्यकालभरको लागि निजी सचिवालयको निमित्त आवश्यक पर्ने फर्निचर, कार्यालय सामान तथा कर्मचारीको व्यवस्था तोकिए बमोजिम हुनेछ।
(२) उपदफा (१) बमोजिम तोकिएका फर्निचर तथा स्थायी जिन्सी सामानहरू मन्त्रीहरूले आफ्नो कार्यकाल समाप्त भएपछि फिर्ता बुझाउनु पर्नेछ।
१४. मसलन्द तथा अतिथि सत्कार खर्च : मन्त्रीहरूको निजी सचिवालयको निमित्त चाहिने मसलन्द तथा अतिथि सत्कार खर्चको रकम तोकिए बमोजिम हुनेछ। यसरी गरिने मसलन्द तथा अतिथि सत्कार खर्चको रकमको बील भर्पाई बुझाउनु पर्ने छैन।

१५. अङ्गरक्षक र गार्डको सुविधा : मन्त्रीहरूलाई आवश्यक पर्ने अङ्गरक्षक र गार्डको सुविधा तोकिए
बमोजिम हुनेछ।
१६. सुविधाको प्रारम्भ : (१) यस ऐन बमोजिम पाउने सुविधाहरू मन्त्रीहरूले मन्त्री पदको शपथ ग्रहण गरेको मितिदेखि पाउनेछन्।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि मन्त्री पदको शपथ ग्रहणको निमित्त काठमाडौं उपत्यका बाहिरबाट काठमाडौंसम्म आउँदा लाग्ने दैनिक तथा भ्रमण भत्ताको रकम समेत मन्त्रीहरूले लिन सक्नेछन्। -