Thursday 26 May 2011

परामर्श सभा

परामर्श सभाः

 परामर्श सभा इस्लामी शासन चलाउने मुल आधार हो। तथा राजनैतिक प्रवाह यसैद्धारा कायम रहन्छ्। यसबाट इस्लामी शासन सिधा मार्गतिर चल्छन्। आयत((र जो आफनो पालनकर्ताको आज्ञाकारी छन् र नमाज कायम गर्छन् र आफना मामलाहरु आपसी सल्लाहद्धारा चलाउने गर्छन् र धर्मले जे जती जीविका प्रदान गरेका छौं त्यस बाट खर्च गर्छन्।)) अश्शोरा 38
जुन इस्लामी धर्मको मुल स्तम्भ (pillor) हो। जसबाट थाहा हुन्छ् की बुद्धिजिविहरुका संगठनले जनताहरुकै भलाईको लागी सरसल्लाह गर्दै आगाडी बढाऊनुपर्छ्। यसै पंक्तिको अन्तयमा अल्लाहले आफनो त्यसतो मोमिन बन्दा (असल बन्दा) को राम्रा गुणहरुको प्रशंसा गरेका छन्। जसले आफनो कार्य सरसल्लाह गरेर गर्दछन्।
दोश्रो पंक्तिमा अल्लाहले आफनो रसूल सल्लल्लाहु अलैहि वसल्लम सित भन्नु भयो (( जुन व्यक्ति इस्लामी शासनका शासक हुन्। त्यो व्यक्तिलाई मुसलमानहरुको उद्देश्य अनुसार सल्लाहु गर्नुपर्छ्। जसरी के अबू हुरैरहले भन्नुहुन्छ् की नबी सल्लल्लाहु अलैहि वसल्लम धेरै सल्लाह गर्नुहुन्थिए। र उस्तै इस्लाममा प्रत्येक व्यक्तिलाई बोल्ने सल्लाह गर्ने अधिकार प्रदान गरेका छन् जसरी की आफनो अधिकारको लागी आत्याचारी हाकिमको सामुन्ने भन्नु ठूलो जेहाद (युद्ध) हो।)) तरमिजी हदीस संख्या 1714

      यसरी अबू बक्र सिद्दिक़ पहिल खलिफाले जनताहरुलाई सम्बोधित गर्दै भन्नु भयो की जनताहरु हो म तपाईहरुको लागी प्रमुख (हाकिम) बनाईएका छौं। म तपाईहरु भन्दा राम्रो छैन। तैपनी तपाईहरु मलाई इस्लामी संविधानको अनुसार गर्दै पायो भने तपाईहरु पनि मलाई सहयोग गर्नु र जब मलाई यसको विपरित गर्दै पायो भने

यसबाट सचेत गराउनु तब सम्म मेरो कुरा मान्नु जब सम्म म अल्लाहको निर्देशन अनुसार गर्दै आइरहन्छु र जब अल्लाहको कुरालाई उल्लंधन गरेको हेरर्छौं भने मेरो कुरामाथी विश्वास नगर्नु यसरी नै उमर इब्ने खत्ताब एक दिन स्टेजमा (समारोह मंचमा) उभिएर जनताहरुलाई भन्नुभयो कि हे मेरा जनताहरु जब तपाईहरु मलाई नराम्रो बाटो तिर लागेको देख्यो भने मलाई असल बाटोतिर डोरयाउनु त्यसैबेला पुरै मानिसहरुको समुहबाट एक जना देहाती उभिएर भन्न थाले अल्लाहकी कसम यदि हामीहरु तपाईलाई नराम्रो बाटो अंगालेको देख्यों भने म तपाईलाई तलवारको सहायताले राम्रो बाटो अंगालन लगाउछु। तपाई देहातीको कुरा सुनेर आश्चर्यकित हुनुभयो र उसको कुराको लागि कृत्यज्ञ हुनुभयो। अल्लाहले यस्तो खालका मानिसहरुलाई पृथ्वीमा जन्म दिएका छन्। जुन मानिसले उमर इब्ने खत्ताब जस्तो खलिफा (पहलवान) लाई ठिक लगाउन सक्छ्।
स्वम हाकिम उमर इब्ने खत्ताबले आफना अधिकारीहरु बिचमा छलफल गर्दैथियो। त्यसैबेला एउटा व्यक्ति उमर इब्ने खत्ताबलाई सोध्यो की तपाईको नियम र अनुरोध कसरी स्वीकार गरु तपाईले भन्नु भयो की किन? त्यसपछि उक्त व्यक्तिले फेरी भन्यो तपाईको शरिरमा दईवटा लुगा छन् र हाम्रो शरिरमा मात्र एउटा लुगा छ्। जबकी प्रत्येक मुसलमानहरु एउटा मात्र लुगा लगाउन पाउछन्। त्यसपछि उमर इब्ने खत्ताबले ठूलो स्वरमा कराएर आफनो छोरा अब्दुल्लाह इब्ने उमरलाई बोलाए र त्यो व्यक्तिको प्रशनको जवाब दिन लगाउनु भयो। उनका छोराले भने यो दोश्रो लुगा असलमा हाम्रो हो। तर म त्यो लुगा आफनो बुवालाई दिएका छुँ। यो सुनेर त्यो व्यक्तिले भन्यो की म तपाईको अधिनता स्वीकार गर्दछु। मुसलमानहरुले आफनो इस्लामी संविधान अनुसार र राजनेताहरु आफनो कार्यकुशलताद्धुरा मसलमानहरुको अधिकारको रक्षा र सम्पूर्ण

मानिसहरुको स्वतन्त्रता (आजादी) को रक्षा गरौं। संसारको स्वार्थी ऐन कानून जुन आफनो भलाईको लागी बनाईएका छन्। त्यस्ता कानूनदेखि सचेत रहनुपर्छ्। त्यसैले इस्लामी संविधानसभाले सम्पूर्ण मानिसहरुलाई त्यस्तो कानून बनाउने अधिकार प्रदान गर्दछन्। जुन प्रत्येकको लागी लाभकारी होस् र इस्लामको मुलआधार देखी न टकराओस्।

इस्लाम धर्ममा राजनीतिक तथा अराजनीतियका केही उदाहरणहरुः

इस्लाम धर्ममा राजनीतिक तथा अराजनीतियका केही उदाहरणहरुः
इस्लाम धर्मले राजनीतिक र अराजनीतिक क्षेत्रमा यस्तो अटल कानून बनाएका छन्। जुन संगोमिल जस्तो काम गर्दछ्। इस्लामी शासनमा हाकिमलाई अल्लाहको आदेशको अनुसार नै कानून लागु गर्नुपर्छ्। आयत ((के यिनीहरु आज्ञानताको फैसला चाहन्छन् र विशवासीहरुका निम्ति अल्लाह भन्दा उचित न्यायधिशहरु हुन सक्छ्।)) र त्यसैले इस्लाम धर्ममा हाकिम एउटा वकील जस्तै हुन्छन्। जसले अल्लाहको कानून अनुसार निर्णय गर्दछ्।
1) हाकिमको जिम्मेवारी यो हुन्छ् की जनतालाई सम्भव तरिकाले जिवन गर्ने राम्रो बाटो देखाउनु पर्दछ् र जनताको धन सम्पत्ति कर्तव्य र अधिकारलाई सुरक्षा गर्नु पर्छ्। रसूल सल्लल्लाहु अलैहि वसल्लम भन्नु भयो ((जुन व्यक्तिलाई अल्लाहले जनतामाथि हाकिम बनाए फेरी वहाँले आफनो कर्तव्यको निर्वाह नगरे यस्तो हाकिम स्वर्गको वास्ना पाउंदैन्।))



अतः इस्लाम धर्मको हाकिम (प्रमुख) उमर ईब्ने खताब जस्तो हुनुपर्छ् जसले एक दिन आफनो जनताहरुसित भन्नुभयो की मलाई यस्तो मानिसको बारेमा भन्नु। जसबाट म मुसलमानहरुको लागी महत्वपूर्ण कामहरु लिन् सक्छु। जनताहरुले अब्दुर्रहमान बिन औफ नाम भन्यो। तर तपाईले भन्नुभयो कि त्यो मान्छे कमजोर (दुब्लो) रहेछ्। त्यसपछि जनताहरुले धेरै मानिसहरु को नाम भन्नु भयो। तैपनि तपाईले तीनीहरुलाई यसको लागी योग्य ठानेन। फेरी जनताहरुले उमर इब्ने खत्ताबलाई सोध्यो की तपाई कस्तो मानिसलाई मनपराउनुहुन्छ्। तब तपाईले भन्नु भयो म यस्तो मानिस चाहन्छु। जब त्यो मानिसलाई मुसलमानहरुको हाकिम बनाईदियो भने त्यो व्यक्ति त्यसै मध्येका साधारण व्यक्ति जस्तो लाग्नुपर्छ् र जब उक्त मानिस मुसलमानहरुको हाकिम पदमा हुदैन भने त्यसको स्वभाव र सल्लाहहरुले हाकिम जस्तै लाग्नु पर्यो। त्यसपछि जनताहरुले भन्यो। रबी बिन हारिस बाहेक अरु सबै यस्तो चरित्र तथा स्वभावका छैन। त्यसपछि उमर इब्ने खत्ताबले भन्नुभयो की तिमीहरु सबै जना ठीक भन्यौं।))
2) मुसलमानहरुको हाकिम (प्रमुख) यस्तो मान्छेलाई बनाउनु हुंदैन। जसले आफनो कर्तव्य निभाउन सक्दैन। आफनो पदलाई दुरुपयोग गरेर आफनो नातेदारहरुलाई मात्र हेर्न खालका हुन्जाओस। जस्तै हजरत अबू बक्र सिद्दिक पहिलो खलिफाले यजिद़ बिन सुफियानलाई सिरियाको गभर्नर (शासक) बनाएर भन्नु भयो। ऐ यजी़द तीम्रो केही सम्बन्धीतहरु छन्। जसले गर्दा मलाई डर लागीरहेका छन की तिम्रो आदेश र शासनलाई प्रभावित गर्न सक्छ की? किनकी रसूल स,ले भन्नु भएको थियो। ((जुन व्यक्तिलाई मुसलमानहरु हाकिम (प्रमुख) बनाईयो। त्यो व्यक्ति आफनो सम्बन्धीतहरुलाई मात्र हेर्ने हुन्छन्। भने त्यस्तो व्यक्ति वा हाकिमसंग अल्लाहले घृणा र धिक्कार गर्दछन्।

त्यती मात्र कहां हो र त्यस्तो व्यक्तिको कुनै प्रार्थना र तपस्यालाई ईश्वरले स्वीकार गर्दैन र अन्तमा त्यो मानिसलाई नर्कमा हालदिन्छ्।)) अल मुसतदरक. पुष्ट 104 हदीस संख्या 7024

संसारको नियम कानून तथा संविधान भन्दा इस्लामी कानून कर्तव्यमा धेरै फरक छन्। किनभने इस्लामी कानून तथा संविधानलाई अल्लाहले निर्माण गर्नुभएको छ्। जसको समक्ष प्रमुख (हाकिम) साना, ठूला, कालो सेतो सबै समान हुन्छन्। यसमा कुनै पनि व्यक्तिलाई यस्तो अधिकार प्रदान गरेका छैन की जब उक्त व्यक्तिलाई हाकिम (प्रमुख) बनाईदियो भने त्यसले आफनो स्वार्थको लागी अल्लाहको कानूनलाई वहिष्कार गरेर आफनो मनपरि कानून लागु गर्न चाहोस्। आयत ((जब अल्लाह र उनका रसूलले कुनै मामलाको निर्णय गरी दिन्छन् तब कुनै पनी मोमिन पुरुष वा महीलाको लागी आफनो मामलामा निर्णयको अधिकार बाकी रहदैन र जसले अल्लाह एवं उनका रसूलको अवज्ञा गरयो भने ऊ स्पष्ट पथभ्रष्टतामा परयो।))
अल अहजाब 36

सम्पूर्ण मानिसहरु प्रति ईशवरी संविधानको सम्मान र वहांको आदेश अनुसार कार्यरत हुनु आवश्यक छ्। चाहे त्यो व्यक्ति जनताको हाकिम किन हो। ((आस्थावानहरुलाई जब तिनीहरुबिच निर्णयको लागी अल्लाह तथा उनका रसूलतर्फ बोलाईन्छ् तब उनीहरु स्पष्ट रुपमा अती मात्र भनिन्छन् हामीले सुन्यौं र आज्ञा पालन गर्यौं र यिनीहरु नै हुन सफल हुनेहरु)) अन नूर 51

कर्तव्य र कथ्नीय उपासनाहरु जसलाई इस्लामका स्तमभहरु पनि भनिन छन।

कर्तव्य र कथ्नीय उपासनाहरु जसलाई इस्लामका स्तमभहरु पनि भनिन छन।
            र,त्यो खास विषयहरु छन्। यसैबाट व्यक्तिको मुस्लिम र गैरमुस्लिम हुन्का आदेश जारी हुन्छ्। र, त्यो स्तमभहरुमध्ये कथनीय स्तमभ हुन्छ्। त्यो दुई वटा साक्षी (शहादतान) हुन्। त्यसमध्ये केहि शरिरीक हुन्छ्। जुन नमाज र व्रत (रोजा) हुन् र, त्यसमध्ये केहि आर्थिक हुन्छ् जुन ज़कात (धार्मिक दान) हो। र, त्यसमध्ये केहि शरीरीक र केहि आर्थिक हुन्छ्। र त्यो हज्ज हो।र इस्लामले आफ्ना अनुसर्णकर्ताहरुलाई त्यो स्तमभहरुमाथि कार्यरित भएर सक्कलि आदेश चाहनेछ्, तर उनीहरुका ह़दयहरु र दिलहरुलाई त्योमाध्यमबाट पवित्र र ठोस् गरिन् चाहन् छ्। र , इस्लाम त्यो स्तमभहरुलाई व्यक्ति र समाजको सुधार र कायमकोलागि एउटा माधियम बनाऐकोछ्। अल्लाहको भनाई हो।((निस्सन्देह नमाजले अशलील कार्य एवं नराम्रो कुराबाट रोकदछ्। )) सूरह अन्कबूत् 45




र,ज़कातको विषयम अल्लाहको कथन हो।((हे नबी उनीहरुको धनबाट- सदका- दान स्वीकार गर। यसद्धरा उनीहरुलाई तिमी पवित्रता र शुद्धता प्रदान गर्छौं।)) सूरह अत् तौबा 103
र, रोजाहरु (व्रतहरु) को विषयमा अल्लाह को भनाइ हो।  
((हे आस्थावानहरु हो! तिमीहरुमाथि व्रत (रोजा) अनिवार्य गरिएको छ् जसरी तिमीहरुभन्दा अधिका मानिसहरुमाथि अनिवार्य गरिए को थियो। आशा छ् कि तिमीहरुभित्र ईश-भय उत्पन्न हुनेछ्।)) सूरह अल् बकरह 183
त्यसको पालन र अभ्यास पापहरुबाट रोकिन्छ्। र, त्यसको व्यख्या रसूल सल्लल्लाहु अलैहिवसल्लमले व्रतको विषयमा भनेको त्यो कुराबाट थाहाहुन्छ्।(( जसले झुट् र त्स कार्य र मुर्खय्ता छाडेन। त अल्लाहकोलागि यस्तो व्यक्तिको जरुरत छैन कि उनी आफ्ना खान  र पिन छाडौं।)) सहीह बुखारी हदीस संख्या 5710
र अल्लाहले हज्जको विषयमा भनेको हो((हजका महिनाहरु प्रख्यात छन् तसर्थ जसले यी महिनाहरुमा हजको निश्चय गर्छ् उसले हजका दिनहरुमा न सम्भोग गरोस् न अनैतिक कार्य गरोस् र न लडाई-झगडा नै गरोस्।)) सूरह अल् बकरह 197
इस्लाममा राम्रो प्राकृतिक कायम गर्नेमा इस्लामी पूजाहरुको ठूलो किरदार छन्। इस्लामका स्तम्भहरु तल छन्।


पहिलो स्तम्भः दुईवटा साक्षी दिने।
त्यो यो साक्षी दिने कि सत्य इशवर अल्लाहबाहेक कोही छैन। र, यो पनि साक्षि दिने कि मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम अल्लाहका दूत्त र सेवक हुन्।



यो कथ्नीय स्तम्भ हो। र यो इस्लाममा प्रवेश गर्न कोलागि सांचो हो। यसैमाथि अर्को स्तम्भहरु कायम छन्।
"ला ईलाह इल्ल ललाह" को अर्थ।
यो साक्षी दिने कि सत्य ईशवर मात्र एक अल्लाह नै हो।
यो तौहीद (एकेशवरवाद) को शब्द हो।यसै कारण अल्लाह तआलाले सम्पूर्ण सृष्टिहरुलाई पैदा गरे। र नर्क र स्वर्ग लाई पनि पैदा गरे। अल्लाहको कथन हो।((र, मैले जिन्न तथा मानवलाई केवल आफ्नो उपास्नाकोलागि सृष्टि गरेको हुँ।)) सूरह अल्-ज़ारीयात 56
यहि निमन्त्रण सम्पूर्ण नबी र रसूलको हो।नूह अलैहिस्सलाम देखि अन्तिम दूत्त मुहम्मद सल्लाहु अलैहि वसल्लम सम्म अल्लाहको भनाई हो।((र हामीले तिमीभन्दा पहिले जति पनि रसूल पठयौं उनीहरु सबैलाई यही वहय गर्यौं कि म बाहेक अन्य कोही पूज्य छैन। अतः केवल मेरो उपासना गर।)) सूरह अल-अम्बिया 25


त्यसको अर्थातः
यस धर्तीको अल्लाहबाहेक कोही सृष्टिकर्ता, मालिक र मुतसर्रिफ (चालाउनेवाला) छैन। र, सत्य पूज्य अल्लाही हुनुन्छन्। उनमा राम्रो विशेष्ताहरु छन्। र सम्पूर्ण कमीबेशी र घृष्टबाट पवित्र छन्।

"ला ईलाह इल्ल ललाह" को चाहनाहरुः
1- यो जानकारी राखने की अल्लाहबाहेक सम्पूर्ण पूज्यहरु झुठो र बातिल हो। सत्य पूज्य अल्लाही हुन् जसकोलागि सम्पूर्ण पूजाहरु गर्न जायज हो। जसरीके नमाज, बिन्ती,वर्त, आशा, र नज्र (भेंट चरहाउने) आदि। अल्लाहबाहेक कसैकोलागि यो पूजाहरु गर्न जायज होइन। चाहे त्यो  नबी र रसूलहरु (दूत्तहरु) र अल्लाहका नजिकि फरिशताहरु

किन्न हो जसले अल्लाहबाहेक कसैको पूजा गरे ऊनी काफिर (नास्तिक) हुन्। चाहे उनी कलमा पड़ेकी किनहोस्।
2-ठोस् विश्वास राखने। जसमा केहि शक (शंङ्का) बाकी न रहोस्। अल्लाहले भनेको हो।  ((वास्तवमा आस्थावान त ती व्यक्तिहरु हुन् जसले अल्लाह तथा उनका रसूलमाथि ईमान ल्याए। अनि उनीहरुले कुनै शङ्का गरेनन् र आफ्नो जीउज्यान तथा धन-सम्पत्तिबाट अल्लाहको मार्गमा जिहाद गरे। उनीहरु नै सच्चा हुन्।))
सूरह अल्- हुजुरात 15
3-त्यसलाई स्वीकार गर्ने। इन्कार (अस्वीकार) न गर्ने। अल्लाहले भनेको हो।((जब तिनीहरुलाई भनिन्थ्यो कि अल्लाहबाहेक अन्य कोही उपास्य छैन तब तिनीहरु घमण्ड गर्ने गर्थे।)) सूरह अस्-साफ्फात 35
4-त्यसको चाहना अनुसार कार्यहरु गर्ने।अथवा अल्लाहले जसका आदेश दिएको छ् त्योलाई गर्ने। जसबाट रोक ने  छ् त्यसलाई छाड्ने। अल्लाहको भनाई छ्। ((जसले आफ्ने अनुहार पूर्ण रुपले अल्लाहतर्फ फर्काउँछ् र परोपकारी पनि छ् भने वास्तवमा उसले भरोसायोगय सहारालाई समात्यो र सम्पूर्ण मामिलाहरुको अन्तिम निर्णय अल्लाहकै हातमा छ्।)) सूरह लुकमान 22
5- उनी यस साक्षिमा साँचो हुनु पर्यो। अल्लाहले भनेको हो। ((तिनीहरु मुखले त्यो भन्छन् जुन तिनीहरुका हृदयहरुमा छैन।)) सूरह अल फतह 11
6- एक अल्लाहको पूजामा मुखलीस (शुद्ध) बनोस् अल्लाहले भनेको हो। ((आदेश त तिनीहरुलाई यही थियो कि आफ्नो धर्मलाई अल्लाहको लागि शुद्ध पारेर एकग्र भई उनको उपासना गरुन्।))
सूरह अल्- बैयिनह् 5
7- अल्लाहसित प्रेम राखने र त्यसको रसूल, वली (मित्र) र आस्थावानहरुसँग प्रेम राखने। र त्यसको शत्रुहरुसित नफरत र घृर्णा


गर्ने। र अल्लाह र  त्यसको रसूलहरुको प्यार र मुहब्बत सम्पूर्ण वस्तहरुबाट अगाडि राखने। अल्लाहले भनेको छ्। ((हे सन्देष्टा हो! भनिदेऊ-"यदि तिम्रा पिता , सन्तान, दाजुभाइ, दम्पत्ति, नातेदार, तिमीहरुले आर्जन गरेका सम्पत्ति , त्यो व्यापार जसमा मन्दी हुनबाट डराउँछौ अनि तिमीहरुले मन पराएका घरहरु (यी सबै) अल्लाह, उनका रसूल र उनको मार्गमा युद्ध गर्नु (यी सबै) भन्दा बढी मन पर्छ् भने अल्लाहले आफ्नो निर्णय पठाउञ्जेल पर्ख्।)) सूरह अत्-तौबा 24
र, त्यसको चाहनाहरुमध्ये पूजा को अधिकार छ् र व्यक्तिगत् र समाजिकत् व्यवहाहरुमा अधिकार छ्ो। र हलाल (वैघ) र हराम (अवैघ) अल्लाहिकोलागि छन् जसलाई आफ्ना नबीहरु मध्ये व्यख्या गरेको छ्। अल्लाहले भनेको छ्। (( रसूलले तिमीहरुले जेजति प्रदान गर्छन् त्यसलाई ग्रहण गर र जुन कुराबट उनले तिमीहरुलाई रोक्छन् त्यसबाट रोकिने गर्।)) सूरह अल्-हश्र 7

कलेमा अन्ना मुहम्मदुर्रसुल्लाहको अर्थ
यो साक्षी दिने कि मुहम्मद अल्लाहको दूत्त हुन्
v                  मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको आदेशहरुको अनुसर्ण गर्ने। जस वस्तुहरुको खबर दिएको छ् त्यसलाई साँचो जान्ने। जसबाट रोकेको छ् त्यसबाट बाँच्ने र दूर रहने। अल्लाह तआला भन्दै छन्। ((जसले ईश्दूतको आज्ञापालन गर्यो निशचय नै त्यसले अल्लाहको आज्ञापालन गर्यो,)) सूरह अन्-निसा 80                                             

र त्यसको चाहना त्यो होः
v                  उनका रेसालत (दूत्तव्) माथि विश्वास गर्ने।  र यो पनि विश्वास गर्ने कि उनी अन्तिम रसूल र समापक नबी र सबै भन्दा श्रेष्ठ नबी हुन्। उनि पछि कोहि नबी र रसूल आउँदैन्न्। अल्लाह तआलाको


भनाइ हो। (( मुहम्मद तिमीहरुमध्ये कुनै पुरुषका पिता होइनन् तर उनी अल्लाहका रसूल एवं नबीहरुका समापक (अन्तिम नबी) हुन्।)) सूरह अल- अहजाबे 40
v                  यो विश्वास गर्ने कि मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमले अल्लाहका आदेशहरु हामीतिर पूर्ण सूरक्षीत रुपले  पुगाऐको हो। अल्लाहको कथन हो।((उनी आफ्नो इच्छाले बोल्दैनन्)) सूरह अन्- नज्म 3
       मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको संसारिक कार्य र मामलाहरु अर्को  बशर (मानव) जस्तो हो किनभने उनी पनि एउटा मानव नै हो उनी आफ्ना मामलाहरु र आदेशहरुमा कोशिस गर्थिऐ। वहाँले भन्नु हुन् छन्। (( म तिमीहरु जस्तै मानव हो। तिमीहरु झगडा़ गरेर म तिर फैसलाको लागि आउँछन्। र तिमी मध्ये कोही आफ्ना सबूत राम्रा तरिकाले पेश गर्छ्। अनि म सुन्ने अनुसार यसको लागि त्यसका भाईको कुनै हक फैसला गरिदिए। त उनी त्यो न लेऔं किनभने त्यो आगोका एउटा गोला (टुक्रा) जस्तै हो।))
सही बोखारी जिल्द 6 पुष्ट 2555 हदीस संख्या 6566
v                  यो विश्वास् गर्ने कि मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको रेसालत (दूत्तव) मानव र जीनहरु कोलागि प्रलयको दिनसम्म सामान्य (आम) हो।अल्लाहले भनेको हो। ((हे मुहम्मद! हामीले तिमीलाई सम्पूर्ण मानवजातिकालागि शुभ-सन्देशवाहक तथा सचेतकको रुपमा पठाएको हो।)) सूरह सबा 28
v                  मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमकोसुन्नतहरुलाई अनुसरण गर्ने।र त्यसलाई मज्बुतीले थाम्ने (पकड़ने)। र यसमा केहि बडोत्तरी न गरिने।((हे संदेष्टा!- भनिदेऊ यदि तिमीहरु अल्लाहसँग प्रेम गर्छौ भने मेरो अनुसरण गर। अल्लाहले तिमीहरुसँग प्रेम गर्नेछन् र तिम्रा



पापहरुलाई क्षमा गर्नेछन्। अल्लाह अत्यन्त क्षमाशील तथा परम दयालु छन।)) सूरह आले इमरान् 31

दोस्रो रुक्न (स्तम्भ)। नमाजलाई कायम गर्ने।
नमाज दिनको खम्बा (सतून) जस्तै हो। यसैमाथि यो कायम छ्। जसले नमाज छोडे भने उसले कुफ्र गरे। रसूल सल्लल्लाहु अलैहि वसल्लम भन्दै छ्। कि ((मुक्तिको मुल्य़ आधार ईस्लाम हो। इस्लामको स्तम्भ नमाज हो।-ऊच्च तथा ऊत्तम ऊपदेश्य़ जिहाद नै हो ( अर्थात पाप र पापी को बिरुध संघर्श) हो।)) सुनन् तिर्मिज़ी जिल्द 5 पुष्ट11 हदीस संख्या 2616

र त्यो कथन र कर्त्यवहरु छन् जुन तकबीर(अल्लाहु अक्बर) भन्दै आरम्भ हुन्छ्। र सलाम (अस्सलामो अलैकुम्म) भन्दै अन्त हुन्छ्। मुस्लिम अल्लाहको बडाई बयान गर्दै र अनुसरण गर्दै त्यो कायम गर्छ् जसबाट सेवक र प्रभक्ताको बिचमा संबंघ  मज्बुत हुन्छ्। र आफ्ना रब (पालनकर्तासित) सित गिरया जारि गर्छैं।  यो दिनरातमा मुस्लिमहरु पाँच चोटि सामुहिक रुपले मस्जिदमा बिना कुनै समस्याको अदा गरिन्छन्। र आपसमा एक अर्कालाई चिन जान गरिन्छन् एक अर्काका हाल खबर लिन्छन् र कमजोरहरुलाई सहायता गरिन्छन्  र यसमा समाजिक दलहरुका तोड छ् किनभने समपूर्ण मुस्लिमहरु चाहे उनी धनी हो चाहे फकिर (कमजोर) हो। ठूलो हो अथवा सानो। शरीफ हो अथवा बदमाश सबै एकै पंकित (सफ) मा अल्लाहतिर लौ लगाएर खडा हुनुन्छन्। र एउटै किबला (खाना काबा) तिर मुख गरेर एउटै हरकात (चाल,संकेत) र एउटै पाठन्  एउटै समयमा अदा गरिन्छन्।



तेस्रो रुक्न (स्तम्भ)। ज़कात (धार्मिक दान) दिने।
         र त्यो जम्मा समपत्तिका केहि मिकदार (मात्रा) हुन्छ् जसलाई धनी मुस्लिम व्यक्ति आफ्ना मालहरुबाट त्योलाई पवित्र गर्नेकोलागि अल्लाहको आज्ञापालन र अल्लाहका आदेशको अनुसर्ण गर्दै निकालिन् छन्। फेरि आफ्ना गाँव समाजमा बसेका गरिब परिवार र फकीरहरुलाई उनीहरुका जरुरत पूरा गर्नको लागि दिन्छन्। र यो समपूर्ण मुस्लिमहरुमाथि अनिवार्य हो जसको समपत्ति नेसाब (समपतिका केहि मिकदार जसमा दान दिन् अनिवार्य हो।) को पूगे सकेका छन्। अल्लाह तआलाको भनाइ छ्।
((आदेश त तिनीहरुलाई यही थियो  कि आफ्नो धर्मलाई अल्लाहकोलागि शुद्ध पारेर एकग्र भई उनको उपासना गरुन, नमाज कायम गरुन् र जकात चुक्ता गरुन् र यही सत्यसिद्ध धर्म हो।)) सूरह अल्-बैयिनह 5

जसले त्यसको अनिवार्ताको इन्कार गरे उनले कुफ्र (नास्तिक भऐ) गरे। किनभने ऊले कमजोर, गरीब र फकीरहरुका अधिकारबाट रोके। यो दान (ज़कात) टेक्स (कर) होइन।  (जसरीके जुनलाई इस्लाम धर्मको विषयमा केहि ज्ञान छैन उले यस्तो सोच र बिचार राखेको हो।) जसलाई इस्लामी देशहरु आफ्ना देशवासीहरुसित लिन्छन्। अनि त्यो कर हुन्थियो भने सम्पूर्णमाथि अनिवार्य हुन्छ् जुन इस्लामी देशमा बसी रहेका छन् चाहे उनी मुस्लिम हुन् एवं गैरमुस्लिम।  जसरी के थाहा छ् कि त्यसको शर्तहरुमध्ये यो हो कि उनी मुस्लिम हुने अनिवार्य हो अनि गैरमुस्लिममाथि अनिवार्य हो।





र ज़कातका केहि शर्तहरु छ्  जसको हदलाई (सिमान्त)लाई  इस्लामले उल्लेख गरेको छः
1-नेसाबका मालिक हुन् अथवा यती समपत्ति हो जसमा दान (ज़कात) अनिवार्य हो। र त्यो (85) ग्राम सूनको दाम (मुल्य) को बराबर हो।
2-पूरै एक वर्ष बितिसकेको हो र त्यो जनावर , पैसा र व्यपारी वस्तुहरुमा छन् तर जसको एक वर्ष बितेको छैन भने उसमाथि ज़कात (दान) अनिवार्य होइन। गला , अनाज र फलफुलको दान (ज़कात) त्यसको पुख्ताहुन् बेला हो।
शरीअतले दान लिने व्यक्तिहरुका हद (सिमान्त) बयान गरे को हो।  अल्लाह तआलाको  कथन हो। ((सद्क़ा दानकोष- त केवल दरिद्रहरु,अभाव ग्रस्तहरु र सद्क़ाको व्यवस्थापनमा नियुक्त व्यक्तिहरुकालागि हो र ती व्यक्तिहरुकालागि जसका हृदयहरुलाई जोड्नु अभिष्ट होस्(साथै यो दानकोष) दासहरुको मुक्ति ऋणीहरु (को ऋण भुक्तानी) का लागि, अल्लाहको मार्ग (मा खर्च गर्न) मा र पथिकहरुकानिम्ति हो। यो अल्लाहको तर्फबाट अनिवार्य आदेश हो।र, अल्लाह सर्वज्ञ एवं तत्तवज्ञ छन्।)) सूरह अत्-तौबा 60
 र त्यसको मिकदार सम्पूर्ण समपति (माल) मध्ये 2,5% हो। र इस्लामको उद्देश्य यसको अनिवार्ताबाट यो हो कि समाजबाट गरीबी, चोरीचपाटी, कत्ल,हत्या र बलात्कारहरु इत्यादीलाई जडबाटै उख़ार फेक्ने हो।र समाजी प्रेम्ता मुस्लिमहरुबिच कायम गर्ने।र त्यो कमजोर, जरुरतमन्दहरुका जरुरत (अवश्क्ता) पूरा गर्नको लागि हो। तर जकात (दान) र करको बिच फर्क यो हो कि मुस्लिम दान आफ्ना हृदय र ज्यानलाई पवित्र गर्नको लागि निकालिन्छन् बिना कुनै दबाव र जवरजस्तिको ।त्यसको नामाकर्ण यो हो कि आफ्ना हृदय र ज्यानलाई कंजूस, लोभ र मक्खीचुसबाट पवित्र र साफ राखौं। र आफ्ना हृदयलाई संसारको प्रेम्ताबाट साफ राखने। अनि आफ्ना

कमजोर र गरीब भाइहरुको जरुरतलाई पूरा गर्ने।अल्लाहले भनेको हो।((र,जो आफ्नो मनको कृपणताबाट जोगाइयो  उनीहरु नै सफल हुनेहरु हुन्।)) सूरह अत-तग़ाबुन 16
र त्यो गरीब र कमजोरहरुका मन र हृदयहरु धनी व्यक्तिसित किना कपट,जलन (हसद) बाट पवित्र गरिन्छन्। जब उनीहरु हेरिन्छ् कि धनिहरु उनकालागि ज़कात (दान) दिन्छ् र उनीसँग प्रेम गर्छन्  र उनीमाथि खर्च गरिन्छन्।
      र इस्लामी शरीअतमा अदा न गर्ने को कारण केहि सतर्कता आएको छ्। अल्लाह तआला भन्दै छन्। ((र,अल्लाहले आफ्ना उदार अनुकम्पाबाट प्रदान गरेका धन जसले कन्जुस्याइँ गर्छन् तिनीहरुले आफ्नो लागि त्यसलाई राम्रो न ठानून्। यो तिनीहरुकालागि  निकृष्ट छ्। जुन धन् तिनीहरुले कन्जुस्याइँ गरेर बचाउँदैछन् महाप्रलयको दिन त्यसलाई तिनीहरुको गर्धनको कठालो बनाइनेछ्। र, केवल  अल्लाहकै लागि हो आकाशहरु एवं धर्तीका सम्पूर्ण सम्पत्ति। तिमीहरुले जेजति गरिरहेका छौ त्यसबाट अल्लाह पूर्णरुपमा अवगत छन्।))
 सूरह आले इमरान् 180
     र, रसूल सल्लल्लाहु अलैहि वसल्लम भन्दैछन्। कि (( जसले आफ्ना सून र चान्दीबाट त्यसको हक (अधिकार) अदा न गरे भने प्रलयको दिन आगोको पलेट थालीलाई तताऐर त्यसको पहलो र पिठ्युलाई दागिन्छ्।  जस्तै त्यो ठंडा (चिसो) भयो भने फेरि दोहरियाउँने छ्। र त्यसको  एक दिन पचास साल (वर्ष) को बराबर हुन्छ्। यो त्यो दिन सम्म जारी रहिन्छ् जबसम्म  अल्लाह आफ्ना सेवकहरुबिच फैसला गरिहाल छ्। फेरि उनी आफ्ना बाटो स्वर्ग अथवा नर्क तिर हेराऊछ्।)) सही मुस्लिम जिल्द 2 पुष्ट 680 हदीस संख्या 987




चोथो रुक्न (स्तम्भ)। रमजानको रोजा (बर्त) होः
 बर्षमा एक महिना मुस्लिमहरु रोजा (वर्त) बस्नुहुन्छन् अनि खान पिन र सम्भोगबाट अल्लाहको आज्ञापालन गर्दै सूर्यउदय अधि देखि सूर्यास्तसम्म रोके हालछन्। र, इस्लाममा त्यो रोजाहरु नयाँ होइन। अल्लाहको भनाइ हो। ((हे आस्थावानहरु हो! तिमीहरुमाथि व्रत (रोजा) अनिवार्य गरिएको छ् जसरी तिमीहरुभन्दा अधिका मानिसहरुमाथि अनिवार्य गरिएको थियो। आशा छ् कि तिमीहरुभित्र ईश-भय उत्पन्न हुनेछ्।)) सूरह अल्-बक़रह् 183
र रोजा (व्रत) को  अर्थ यो मात्र होइन कि उनी मात्र माद्दी (खानपिन) इफ्तारबाट रुक्ने तर यो पनि हो कि उनी मानवी (नराम्रो कुरो) बाट पनि रुकौं जसरी के चुगल खोरी .झुट, गिबत , धोखाधरी र यस्तो अर्को न राम्रो कार्यकर्महरुबाट रुक्ने। यो जान्दै कि त्यो पाप वस्तुहरुलाई रमजान बाहेक पनि छोड्न मुस्लिमहरुमाथि अनिवार्य हो। र त्यो रमजानमा अनिवार्य रुपले छोडनु पर्छ्। रसूल सल्लल्लाहु अलैहि वसल्लमको भनाइ हो। ((जसले रमजानमा झुट र त्यसको कार्य छाडे न भने यस्तो व्यक्तिको अल्लाहको वहाँ  जरुरत छैन कि उनी आफ्ना खान पिन छाडौं।)) सही बोखारी जिल्द 2 पुष्ट 673 हदीस संख्या 1804

           रोजाहरु (व्रतहरु) मन र अशलिलताको बिच युद्ध जस्तै हो।रसूल सल्लल्लाहु अलैहि वसल्लमको भनाइ हो कि ((आदमका सन्तानका सबै कार्यहरु त्यसेकोलागि हो अतिरिक्त रोजाहरु (व्रतहरु) को  त्यो मेरो लागि हो। म त्यसको पुण्य र बदला दिन्छु। र त्यो रोजाहरु ढाल जस्तै हो। तिमिमध्ये कोही दिनमा रोजा बसे को भने गाली गलुच न गरौं। अनि कसैले गालि गर्छ् भने उलाई भनिदेऊ कि म रोजा बस्न व्यक्ति हुँ। कसम हो ऊसको जसको हाथमा मुहम्मदको ज्यान हो। व्रतबस्ने मानिसको मुँहको खुशबू अल्लाह नजिक मुस्कको
खुशबू (एक खालको राम्रो र श्रेष्ट खुशबू हो) भन्दा अधि हुन्। रोजा बस्ने मानिसहरुकालागि दुई खुशी (प्रसन्न) हुन्। एक जब इफतार (रोजा तोड्ने) गर्छ् अर्को खुशी (प्रसन्न) जब आफ्ना पालन्कर्तासित भेंटने छ् भने आफ्ना रोजाको कारण प्रसन्न हुन्छ्।)) सही बोखारी जिल्द 2 पुष्ट 673 हदीस संख्या 1805
रोजाबाट मुस्लिम आफ्ना गरीब र फकीर भाईहरुको जरुरतलाई बुझर्छौ। उनीहरुका  हक अधिकारहरु अदा गरिन्छन् र उनीहरुका हाल खबरको विषयमा सोध छन्।

पाचवाँ रुक्न (स्तम्भ)। हज्ज होः
र त्यो अल्लाहका पवित्र घर (खाना काबा्) मक्का नगरीमा खास कार्यहरु अदा गर्नेकोलागि खास समयमा जाने। र यो रुक्न (स्तम्भ) सम्पूर्न समझ्दार (अकलमन्द) र बालिग  मुस्लिमहरुमाथि अनिवार्य हो। चाहे त्यो पुरुष हो कि महिला। उनलाई जीवनभरीमा एक चोटि हज्ज अदा गर्नु पर्छ्। यस शर्तको साथ कि उनीलाई जानी र माली क्षमता हुनु पर्छे। तर जुन व्यक्ति रोगी हो जस रोग बाट बरी (राम्रो) हुन् सम्भावना छैन भने उनीमाथि हज्ज अनिवार्य होइन्। र जुन व्यक्ति कमजोर (फकीर) हो अथवा उनीसँग यती सम्पत्ति छैन कि त्यो आफ्ना र आफना परिवारहरुका जरुरतहरु पूरा गर्नेसक्दैन भने उनीबाट हज्ज साकित (अनिवार्य होइन) हुन्छ्। अल्लाह तआलाको भनाइ हो। ((मानवजातिमाथि अल्लाहको यो हक रहेको छ् कि जो त्यहाँसम्म पुग्न समर्थ छ् उसले त्यस घरको हज (तीर्थ) गरोस्। र, जसले अस्वीकार गर्छ्(उसले जानोस् कि अल्लाह) संसारबासीहरुबाट निस्पृह छन्।)) सूरह आले इमरान्97





       हज्जलाई इस्लामी सब भन्दा ठूलो समेलन (इजतेमा) मानिन्छ्। जसमा मुस्लिमहरु एउटै स्थलमा एउटै निर्धारित समयमा जमा (इकठ्ठा) हुन्छन् र एउटै पालनकर्तालाई एउटै पोशाकमा पूकार छन् र एउटै पूजा (इबादत) अदा गरिन्छन् र एउटै स्वर बारम्बार दोहरियाउन्छन्।((लब्बैक अल्लहुम्म लब्बैक, लब्बैक लाशरीक लक लब्बैक इन्नल हम्दा वन्नेअमत लक वल् मुल्लक ला शरीक लक)) अर्थातः हे अल्लाह हामी तिम्रा पूजाका लगि यस ठाँऊमा तिम्रा आदेशको अनुसर्ण गर्दैं आएको छौं। र तिम्रा राजी खुशीको लागि । तिम्रा एक्तालाई स्वीकार गर्दै। र तिमीबाहेक कोही पूजाको हकदार    (अधिकारवादी) होइन।                                      
     यता शरीफ, बदमाश, सेतो, कालो, अरबी र अजमीका बीच केहि फर्क छैन। उनी सबै अल्लाहको अगाडि बराबर हुन्। उनीहरुको बिच केहि फर्क अतिरिक्त परहेजगारिके  (अल्लाहसित भय राखने)। र त्यो मुस्लिमहरु  बिच भाई चारा कायम गर्छ्।