नया मुस्लिमहरू लाई सीखनेको लागि अनिवार्य पाठ


بسم الله الرحمن الرحيم
नया मुस्लिमहरू लाई सीखनेको लागि
अनिवार्य पाठ 
लेखक: अब्दुस्सबूर नदवी 


इस्लाम र मुस्लमान को अर्थ: मात्र एउटै ईश्वर (अल्लाह) मा बिश्वास राखने को नाम इस्लाम हो, मुस्लमान उही व्यक्ति हुन्छ जसले आत्माले अल्लाहलाई मात्र पुजनीय सम्झन्छ र बचनले पनि स्वीकारोक्तित गर्दछ र अल्लाह बाहेक फरिश्ता, वली वा अरुलाई पूजनीय मान्दैन किनभने तिनीहरु पनि हामी जस्तै अल्लाहका सेवक हुन्.
أركان الإسلام  
इस्लाम का स्तंभ हरु: ५ छ:  १- यस को गवाही दिनु परछ: अल्लाह एक्लै पूजनीय छ, उस बाहेक कोही पूजनीय छैन। र मुहम्मद(ऊनी हरु शांति होस) अल्लाहका रसूल र बन्दा हुन्.२- नमाज़  ३- रोज़ा ४- ज़कात ५- हज(जीवन मा ताकत अनुसार एक पटक)
أركان الإيمان
ईमान का आधार हरु: १-अल्लाह माथि ईमान ल्याउनु २-फरिश्ता हरु माथि ईमान राख्नु, ३- आकाशीय ग्रन्थ हरु माथि ईमान राख्नु, ४- अल्लाह का रसूल हरु माथि ईमान राख्नु, ५-प्रलय हुने दिन माथि ईमान राख्नु, ६-भालो तथा बुरो भाग्य माथि ईमान राख्नु.
معنى الشهادتين
शहादतैन को अर्थ: ला इलाहा इल्लल्लाह : अल्लाह ले सबैलाई जन्म दिएको छ, सबैलाई रोजी दिन्छ, त्यसैको हातमा सबैको ज्यान छ, मानिसलाई जीवित राखने, मार्ने, बिरामी पार्ने, निको पार्ने उसैको अधिकारमा छ। पृथ्वी र आकाशलाई उसैले सँभाली राखेको छ सम्पूर्ण विश्वको पालनकर्ता उही हो। उसको अन्य कोही साझी वा सहायक छैन। उसका कोही पिता वा पुत्र वा भाई छैन। सब उसैका सेवक र याचक हुन, उ कसैको याचक होइन। उसैले सबैलाई मदत गर्द छ। सबैको साथ छ र सबैको वास्ता राख्दछ। उ एक्लै पूजनीय छ, उस बाहेक कोही पूजनीय छैन।
मुहम्मदुर्रसूलुल्लाह: (मुहम्मद अल्लाहका रसूल हुन्)
विश्वमा मानिसको सृष्टि भए देखिन् तिनलाई सोझो बाटो देखाउन र सचेत गर्न प्रत्येक देश र समुदायबाट अल्लाहले रसूलहरु बनाउन थालेको हो। तर रसूलहरुको देहावसाना पछि मानिसले रसूलका कुराहरु बिर्सने र बदल्ने गर्दथे। त्यसकारण अन्तमा अल्लाहले आफ्ना सबभन्दा ठूलो रसूल मुहम्मद वहाँ माथि शान्ति होस्- लाई सम्पूर्ण विश्वका लागि पैगम्बर बनाएर पठायो र वहाँमाथि कुरआन अवतरण गराई त्यस धर्मलाई जसको प्रचार प्रारमभदेखि रसूलहरुले गर्दै आएका थिए, परिपूर्ण गर्यो। अनि अल्लाह तआलाले बतायो कि त्यस किताबको संरक्षक उ स्वयम् छ, यसका कुराहरुलाई कसैले बदल्ने सक्दैन त्यसकारण मुहम्मद वहाँ माथि शान्ति होस्-  पछि कुनै रसूलको आवश्यकता रहेन र कयामत (प्रलय) सम्म अन्य कुनै रसूल आउने छैन।
معنى الشرك والكفر
शिर्क र कुफ्र को अर्थ: -शिर्क सबभन्दा ठूलो अपराध हो जो कदापि क्षम्य हुनेछैन। सर्वप्रथम यो स्वीकार गर्नु होस् कि अल्लाह बाहेक कोही पूजनीय छैन र कुफ्र ठूलो पाप हो जुन कहिले पनि क्षम्य हुनेछैन। यसर्थ स्वीकार गर्नुहोस् अल्लाह नै पूजनीय हो। लाइलाह इल्लल्लाह को अर्थ यही हो कि अल्लाह बाहेक कोही पूजनीय छैन। यस सानो स्वीकारोक्तितबाट मानिस शिर्क र कुफ्रबाट पवित्र भएर तौहीदमा प्रवेश गर्दछ।
कुफ्र: अल्लाहलाई नमान्ने व्यक्तित काफिर हुन्छ, मरणोपरान्ति उ नर्कमा जानेछ। अल्लाहका साथ अरुलाई साझेदार मान्ने व्यक्ति-मुशरिक- हुन्छ, उसले मुक्ति पाउने छैन। मुक्ति उसले पाउनेछ, जसले अरुलाई पूजनीय मान्दैन र अल्लाहको मात्र सेवक हुन्छ, उसैको आदेशमा हिड्दछ, उसैसित डराउँछ उसैमाथि भरोसा राख्दछ।
آداب الخلاء
दिसा-पिसब गर्ने  को आदाब:  दिसा-पिसब गर्ने  ब्यक्ति माथि आवश्यक समय भन्दा बढ़ी समय सम्म दिसा-पिसाब गर्ने (अपवित्रता र नागों) अवस्था मा रहनु हराम (वर्जित) हो.र पानी लिने ठाऊ व आम बाटो र छाया दिने रूख मुनि व फल भये को रूख मुनि दिसा-पिसब गर्नु हराम हो, यसै गरी चौर मा दिसा-पिसब गर्दा खेरि किबला (नमाज़ पढ़ने दिशा) तिर मुख वा पिठियों गर्नु मनाही छ. शौच को अवस्था मा कुरा कानी गर्नु राम्रो छैन.पवाल मा पिसब गर्नु राम्रो छैन, यसै गरी दायाँ हाथ ले गुप्तांग लाई छुनु राम्रो कुरा छैन.
كيفية الوضوء
वजू को विधि: बिस्मिल्लाह पढेर पहिले दुबै हात नारीसम्म धुनु अनि तीन चोटि कुल्ला गर्नु, दतिवन भए दाँत राम्रोसंग माझनु अनि नाकमा दुबैप्वालामा तीन तीन चोटी पानी हाली सफा गरेर निधारमा कपाल देखि मुनि अनुहारमा एक कानबाट अर्को कानबाट कानको लोती सम्म तीन-तीन चोटी धुनु पर्छ। यसपछि दुबै हात कुहिना समेत पहिले दायाँ अनि देब्रे गरी तीन-तीन चोटी धुनु पर्दछ। औंलामा औंठी वा अरु केही भए हल्लाएर त्यस मुनीको छाला भिज्ने गरी दुबै हातका पन्जा निधार देखि पछाडि सम्पूर्ण टाउको घसी ,कानका चारै तिर औंला घुमाउनु पर्ने र अन्तमा दायाँ र देब्रे दुबै खुट्टा धुनु पर्छ। वोजूमा चार कुराहरु अनिवार्य छन्। सम्पूर्ण मुख धुनु, दुबै हात कुहिनासम्म धुनु टाउको धस्नु र दुबै गोडा धुने। एउटै वोजूबाट त्यो कायम रहेसम्म धरै चोटी नमाज पढ्नु सकिन्छ।
نواقض الوضوء
वजू भंग गर्ने कुरा हरु: १-अगिल्लो वा पछिल्लो गुप्तांग बाट कही कुरा निस्कना ले वजू समाप्त भयी हाल्छ, २- निद्रा वा अचेत हुन को कारण बुद्धि समाप्त हुन ले वजू भंग भयी हाल्छ, ३- दुबैय गुप्तांग बाहेक अरु दूअर बाट दिसा-पिसब निस्कना ले वजू समाप्त भई हाल्छ, ४-ऊँट को मांसु खानु, ५- बिना कुनै ओट को गुप्तांग लाई छुनु, ६- स्त्री वा पुरूष एक आर्का लाई बिना कुनै ओट को काम वासना ले छुनु.
الغسل
स्नान:  मानिसको शरीरबाट पसिनाका साथै एउटा अन्य अपवित्रता निस्कन्छ। बाहिरबाट धुलोहरु पनि पर्ने गर्दछ। जसले गर्दा मैले जम्मा हुन जान्छ, त्यसकारण स्नान गर्ने आदेश दिइएको छ। जुमाको दिन अवश्य नै नुहाउनु पर्दछ। यसकारण कि त्यो सुन्नत हो। ईद र बकरईदहरुमा पनि नुहाउनु सुन्नत हो। अपवित्र मानिसले स्नान गर्नु अनिवार्य हुन्छ। तिनले न नुहाएसम्म कुरआनको पाठ गर्नु वा नमाज पढ्नु हुँदैन।
स्नान गर्ने विधि यो हो कि सर्वप्रथम दुबै हात नारी सम्म धोएर अपवित्रता लागेको ठाऊँलाई धुनु पर्दछ। यसपछि बिस्मिल्लाह पढेर दुबै हाथ नारी सम्म धुनु पर्दछ। फेरि कुल्ला गर्नु, नाकमा पानी हालेर सफा गर्नु, यसपछि नधारमा कपाल देखि मुनि अनुहारमा एक कान बाट अर्को कानको लोती सम्म तीन तीन चोटि धुनु पर्छ। फेरी दुबै हात कुहिना सम्म धुनु पर्दछ। यसपछि सम्पूर्ण शरीरमा पानी हालेर मल्नु पर्दछ। र दार्हीका रौंहरुमा औंला हालेर कुनै पनि रौंका जरा सुख्खा नरहने गरी धुनु पर्दछ। फेरि शरीरमा पानी हालेर दुबै खुट्टा धुनु पर्दछ। यदि नदी वा तलाउमा नुहाउने हो भने डुबुल्की लगाएर राम्रोसंग शरीर सफा गर्ने पर्छ। जिउको अन्य अग्ङ मुख र नाकमा पनि पानी पुर्याउनु आवश्यक छ।
شروط الصلاة
नमाजका शर्तहरु : सर्वप्रथम नमाजमा सात कुराहरु अनिवार्य छन् तिनीहरु बिना नमाज हुँदैन।
1- शरीरको पवित्रताः- शरीरको कुनै अंग्ङमा कुनै प्रत्यक्ष अपवित्रता जस्तै मल, मुत्र इत्यादि नलागोको होस् र अप्रत्यक्ष अपवित्रता जस्तै स्नान वा वोजू गर्नु पर्ने कारण नभएको हुनु पर्दछ।
2- वस्त्रको पवित्रताः- नमाज पढ्दा लगाइने कपड़ा पवित्र हुनु पर्दछ।
3- स्थानको पवित्रताः- नमाज पढिने स्थान पवित्र हुनु पर्दछ।
4- आवरणः- लोग्ने मानिसले नाभीदेखि घुँडासम्मको अग्ङ अनिवार्य रुपले ढाक्नु पर्दछ नमाजमा र अधि पछि पनि। स्वास्नी मानिसले दुबै हात , र अनुहार बाहेक कपाल समेत शरीरको प्रत्येक अग्ङलाई ढाक्नु अनिवार्य छ।
5- उपयुक्त समय हुनः- कुनै पनि नमाज निशिचत समयमा पढिनु पर्दछ। निशिचत समयमा भन्दा लगावै पढिएको नमाज स्वीकार्य हुँदैन र पछि पढिने नमाज कजा हुनेछ।
6- किब्लातिर मुख गर्नुः- मुसलमानको किब्ला पवित्र बैतुल्लाह अर्थात काबा हो, जुन मक्का नगरमा छ। यहाँबाट पशिचम दिशामा पर्दछ। त्यसै तिर मुख गरी नमाज पढिनु पर्दछ।
7- नीयत गर्नुः- जुन नमाज पढिने हो, हृदयमा उसको नीयत गर्नु पर्दछ। त्यसरी नीयत गर्दा मुखले नै भन्नु पर्ने कुरा प्रमाणित छैन।
أوقات النهي
जुन समय मा नमाज़ पढ़ने मनाही छ : १-सूर्यादय को समय मा २-सूर्य जब ठीक टाऊ को माथि बीच आकाश मा होस ३- सूर्यास्त को समय मा
أوقات الصلاة  
नमाजको समय:1- फजरः- बिहान भएपछि फजरको समय प्रारम्भ हुन्छ र सूर्योदय नहुन्जेल सम्म रहन्छ।
2- जोहरः- सूर्य ढली अपरान्ह भए देखि प्रारम्भ हुन्छ र कुनै वस्तुको छाया वास्तविक आकारबाट बढेर दुगुना वा सो भन्दा बढी भए पछि समाप्त हुन्छ।
3- अस्रः- जोहरको समय समाप्त भएपछि अस्रको समय प्रारम्भ हुन्छ र सूर्यास्त नभएसम्म रहीरहन्छ, तर धाम पहेंलो भएपछि नमाज पढ्नु प्रभावहीन (मकरुह) हुन्छ।
4- मगरिबः- सूर्यास्त पछि प्रारम्भ भएर साँझको लालिमा रहेसम्म रहन्छ।
5- एशाः- आकाशमा साँझको लालि समाप्त भएपछि आधि रात सम्म रहन्छ। नमाज प्रारम्भिक समयमा नै पढ्नु श्रेयस्कर हो, तर एशाको नमाजमा अलि अवेर गर्नु नै श्रेयस्कर हुन्छ।
عدد ركعات المكتوبة والسنة الراتبة
फर्ज र सुन्नत नमाज़ को तादाद: पाँज समयको नमाज प्रत्येक मुसलमान पुरुष र नारीको लागि अनिवार्य (फर्ज) छ। विक्षिप्त मानिस र नाबलाक बच्चाहरुका लागि होइन । हाम्रो रसूलले (वहाँ माथि शान्ति होस्) अनिवार्य नमाजका साथै केही रकात नमाज अरु पनि पढ्ने गर्नु हुन्थ्यो, यिनलाई , सुन्नत नमाज, भनिन्छ। यिनीहरुमा केही यस्ता छन् जसलाई अकरण वहाँले कहिले पनि छाड्नु भएन र अरुलाई पनि त्यसो गर्न आदेश दिनु भयो। यसलाई -मोवक्कदा- भनिन्छ। शेष सबै सुन्नत नमाज गैर मोवक्कदा हुन्। तिनीहरुमा कोही फर्ज नमाज भन्दा अगाडि र कोहि पछि पढिन्छ।
निम्नलिखित विवरणबाट फर्ज र सुन्नत मोवक्कदा  नमाजको रकातहरुको संख्या थाहा हुनछ, साथै कुन फर्जभन्दा अधि र कुन पछि पढिने हो, त्यो पनि थाहा हुनेछ।
नमाजको नाम :     फर्ज :       सुन्नत :              
फजर            दुई रकात      दुई रकात       
जोहर           चार रकात      ६  रकात
अस्र            चार रकात 
मगरिब          तीन रकात     दुई रकात
एशा            चार रकात      दुई रकात
كيفية الصلاة(الركعة الأولى والثانية، والتشهد الأول)
नमाज पढ्ने प्रकृया: नीयत गरेर किब्ला तर्फ मुख गरेर दुबै हात कानसम्म उठाई अल्लाहो अकबर भनेर देब्रे हात माथि दायाँ हात पर्ने गरी दुबै छातीमा बाँध्नु पर्दछ। फेरी सना पढ्नु पर्दछ जुन यसरी छ। (अल्लाहुम्मबाइद बैनी व बैन खतायाया कमा बाअत्ता बैनल मशरिके वल् मगरिबे, अल्लाहुम्म नक्केनी मिनल्खताया कमा योनक्कस्सैवुल अबायजो मिनद्दनसे , अल्लाहुम्मग्सिल खतायाया विल्माए वस्सलजे वलबरद।
अर्थः- हे अल्लाह तपाईले पूर्व र पश्चिम बिच जत्तिकै मेरो र मेरो पापहरु बीच दूरी पार्नुहोस्, हे अल्लाह मलाई तपाईले सेतो लुगा फोहोरबाट सफा भए जस्तो मेरा पापहरुबाट पवित्र पार्नु होस्, हे अल्लाह तपाईलाई मेरा पापहरुलाई पानी, असिना र बरफले धोइ दिनुहोस्। यस  पछि अऊजो बिल्लाहे मिनश्शतानिर्रजीम बिस्मिल्लाहहिर्रहमानिर्रहीम, भन्नु पर्दछ।
यस पछि अल्हमदो (सूरह फातिहा) पढेर अन्य कुनै सूरत वा कन्ठ गरी राखेको कुरआनका, केही आयतहरु पढेर अल्लाहो अकबर भन्दै रुकू मा निहूरनु र कम्तीमा तीन चोटी सुब्हान रब्बियल अजीम भन्नु पर्दछ। यस पछि टाउको उठाउँदै समेअल्लाहो लेमन हमेद अर्थः अल्लाह उसले गरेको प्रशंसा सुन्यो जसले उसको प्रशंसा गर्यो। भन्दै दुबै हात कांध वा कान सम्म उठाएर हात नबाधी तलै राखेर यो पन्नु पर्दछ। रब्बना लकलहमदो हम्दन कसीरन् तययेबन मोबारकन् फीह, (अर्थः हे मेरो अल्लाह प्रशंसा तिम्रो लागि हो तिमी पवित्रतम र बरकत वाला हौ। फेरि अल्लाहो अकबर भन्दै सिज्दामा जानुपर्दछ र दुबै हतकेला अनुहारनिर हुनेगरी निधार र नाकले भुईमा टेक्नुपर्दछ। यसरी गर्दा कुहिनाहरु छातीसित अलग्ग र दुबै घुँडा तथा दुबै खुट्टा का औंलाहरु भुईमा रहनु पर्दछ खुट्टका औंलाहरु किब्ला तर्फ मुडेको हुनु पर्दछ र कम्तिमा तीन चोटी सुब्हान रब्बियल आला ( अर्थः पवित्र छ मेरो पालनकर्ता जो सर्बोच्च छ) भनेर तकबीर अर्थात अल्लाहो अकबर भन्दै देब्रे खुट्टा पल्टाएर त्यस माथि यसरी बस्नु पर्दछ कि दायाँ खुट्टाको पंजा उभ्भिएको हुनु पर्दछ र त्यसका औंलाहरु किब्ला तिर रहुन्।दुबै हात तिध्राहरु माथिघँडानिर राखेर -अल्लाहुम्मग्फिरली वरहम्नी व आफेनी वहदेनी वरजुकनी- (अर्थः- हे अल्लाह मेरो अल्लाह मलाई क्षमा गर, मलाई इज्जत प्रदान गर, सोझो बाटो देखाउर रोजी देऊ)
पढेर दोस्रो चोटी सिज्दा गरेर अलिबेर सोझो भई बसेर उभीसक्नु पर्दछ। यो एक रकात पूरा भयो। यस्तै दोस्रो रकात पनि पूरा गरी बसेर यो दुआ (अत्तहीयात) पढ्नु पर्दछ।
(अत्तहियातो लिल्लाहे वस्सलवातो वत्तइयेबातो अस्सलामो अलैक अययोहन्नबीयो वरहमतुल्लाहे व बरकातोहु अस्सलामो अलैना वअला एबादिल्लाहिस्सालेहीन, अश्हदो अल्लाहइलाह इल्लल्लाहु व अश्हदो अन्न मोहम्मदन अब्दोहू व रसूलोहु)
 अत्तहियात पढ्दा प्रारमभदेखिनै दायाँ हातको चोर औंला अलि उठाएर संकेत गर्नु पर्दछ।  अत्तहियातको अर्थः- मन वचन र धनका सम्पूर्ण पूजाहरु अल्लाहका लागि हुन् । हे नबी तिमी माथि सलाम होस् हामी माथि र अल्लाहका असल सेवकहरु माथि । म गवाही दिन्छु कि अल्लाह बाहेक कोही पूजनीय छैन र गवाही दिन्छु कि मुहम्मद अल्लाहका सेवक र रसूल हुन्।
यदि दुई रकात नमाज मात्र पढ्ने हो भने अत्तहियात पढेर दरुद फरीफ पढ्नु पर्दछ अनि यो दुआ पढ्नु पर्दछ।  (( अल्लाहुम्म इन्नीजलम्तो नफसी जुल्मन कसीरौं वला यगफेरुज्जोनूबा इल्ला अन्त फगफिरली मगफेरतम् मिन इनदेक वरहम्नी इन्नका अन्तल्गफुरुर्रहीम))
अर्थः हे अल्लाह मेरा इन्द्रियहरुले धेरै पाप गरेका छन् र पापहरुलाई तिमी बाहेक अरु कोही क्षमा गर्न सक्दैन, तसर्थ तिमीले मलाई माफ गर, र म माथि दयागर निःसन्देह तिमी सबभन्दा महान् क्षमा गर्ने र दया गर्ने हौ।
यो दुआ पढेर सलाम फेर्नु पर्दछ।
الصلاة على النبي صلى الله عليه وسلم
दरुद शरीफ यो हो: (अल्लाहुम्म सल्ले अला मुहम्मदिंव व अला आले मुहम्मदिन् कमासल्लैत अला इब्राहीम व अला आले इब्राहीम इन्नक हमीदुम्मजीद। अल्लाहुम बारिक अला मुहम्मददिंव व अला आले मुहम्मदिन् कमा बारक्ता अला इब्राहीम व अला आले इब्राहीम इन्नक हमीदुम्मजीद))
अर्थः हे मेरो पालनकर्ता तिमी मुहम्मद र उनका अनुयायीहरु माथि दया र निगाह गर यसरी कि जुन रुपले तिमीले इब्राहीम र उनका अनुयायीहरु माथि गर्यो। निःसन्देह तिमी प्रशंसा गर्नलायक महान हौ।
सुरह फातिहा: سورة الفاتحة
بِسْمِ اللَّهِ الرَّحْمَنِ الرَّحِيمِ(1)الْحَمْدُ لِلَّهِ رَبِّ الْعَالَمِينَ(2) الرَّحْمَنِ الرَّحِيمِ(3) مَالِكِ يَوْمِ الدِّينِ(4) إِيَّاكَ نَعْبُدُ وَإِيَّاكَ نَسْتَعِينُ (5) اهدِنَا الصِّرَاطَ الْمُسْتَقِيم (6) صِرَاطَ الَّذِينَ أَنْعَمْتَ عَلَيْهِمْ غَيْرِ الْمَغْضُوبِ عَلَيْهِمْ وَلاَ الضَّالِّين (7)
बिस्मिल्लाहिर्रहमानिर्रहीम , अलहम्दो लिल्लाहे रब्बिल-आलमीन, अर्राह्मनिर्रहीम ,मालिके यौमिद्दीन, इय्याका नाबुदु वा इय्याका नस्तयीन, इह्दिनस-सिरातल्मुस्तकीम, सिरातल्लजीना अनअमता अलैहिम , गैरिल-मग्जूबे अलैहिम व्लज़जाल्लीन. (आमीन)
सुरह इखलास: سورة الإخلاص
بسم الله الرحمن الرحيم
قُلْ هُوَ اللَّهُ أَحَدٌ (1)اللَّهُ الصَّمَدُ (2)لَمْ يَلِدْ وَلَمْ يُولَدْ (3) وَلَمْ يَكُن لَّهُ كُفُوًا أَحَدٌ (4)
 बिस्मिल्लाहिर्रहमानिर्रहीम, क़ुल हुवल्लाहू अहद , अल्लाहुस्समद , लम यलिद वा लम यूलद, व लम् यकुल्लहू कुफ्वन अहद.

सुरह अस्र: سورة العصر
بسم الله الرحمن الرحيم
وَالْعَصْرِ(1) إِنَّ الإِنسَانَ لَفِي خُسْرٍ (2) إِلاَّ الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ وَتَوَاصَوْا بِالْحَقِّ وَتَوَاصَوْا بِالصَّبْرِ (3)
 बिस्मिल्लाहिर्रहमानिर्रहीम, वल-अस्र , इन्नल-इन्साना लफी खुस्र, इल्लल-लजीना आमनु वतवासौ बिल-हक्के वतवासौ बिस-सब्र .
सुरह फलक: سورة الفلق
بسم الله الرحمن الرحيم
قُلْ أَعُوذُ بِرَبِّ الْفَلَقِ (1) مِن شَرِّ مَا خَلَقَ (2) وَمِن شَرِّ غَاسِقٍ إِذَا وَقَبَ (3) وَمِن شَرِّ النَّفَّاثَاتِ فِي الْعُقَدِ (4)وَمِن شَرِّ حَاسِدٍ إِذَا حَسَدَ(5)
बिस्मिल्लाहिर्रहमानिर्रहीम, क़ुल अऊज़ो बे-रब्बिल-फ़लक, मिन शर्रे मा खलक, व मिन शर्रे गासिकिन इज़ा वकब,  व मिन शर्रिन्नफ्फसाते  फिल-ओक़द, व मिन शर्रे हासिदिन इज़ा हसद.
सुरह नास: سورة الناس  
بسم الله الرحمن الرحيم
قُلْ أَعُوذُ بِرَبِّ النَّاسِ (1) مَلِكِ النَّاسِ (2) إِلَهِ النَّاسِ (3) مِن شَرِّ الْوَسْوَاسِ الْخَنَّاسِ (4) الَّذِي يُوَسْوِسُ فِي صُدُورِ النَّاسِ (5) مِنَ الْجِنَّةِ وَالنَّاسِ(6)
 बिस्मिल्लाहिर्रहमानिर्रहीम, कुल अऊज़ो बे-रब्बिन्नास , मिन शर्रिल-वस्वासिल-खन्नास , अल्लज़ी युवसविसो फी सुदूरिन्नास, मिनल-जिन्नते वन्नास.  
وآخر دعوانا أن الحمد 

No comments:

Post a Comment