Thursday 26 May 2011

इस्लाम धर्ममा राजनीतिक तथा अराजनीतियका केही उदाहरणहरुः

इस्लाम धर्ममा राजनीतिक तथा अराजनीतियका केही उदाहरणहरुः
इस्लाम धर्मले राजनीतिक र अराजनीतिक क्षेत्रमा यस्तो अटल कानून बनाएका छन्। जुन संगोमिल जस्तो काम गर्दछ्। इस्लामी शासनमा हाकिमलाई अल्लाहको आदेशको अनुसार नै कानून लागु गर्नुपर्छ्। आयत ((के यिनीहरु आज्ञानताको फैसला चाहन्छन् र विशवासीहरुका निम्ति अल्लाह भन्दा उचित न्यायधिशहरु हुन सक्छ्।)) र त्यसैले इस्लाम धर्ममा हाकिम एउटा वकील जस्तै हुन्छन्। जसले अल्लाहको कानून अनुसार निर्णय गर्दछ्।
1) हाकिमको जिम्मेवारी यो हुन्छ् की जनतालाई सम्भव तरिकाले जिवन गर्ने राम्रो बाटो देखाउनु पर्दछ् र जनताको धन सम्पत्ति कर्तव्य र अधिकारलाई सुरक्षा गर्नु पर्छ्। रसूल सल्लल्लाहु अलैहि वसल्लम भन्नु भयो ((जुन व्यक्तिलाई अल्लाहले जनतामाथि हाकिम बनाए फेरी वहाँले आफनो कर्तव्यको निर्वाह नगरे यस्तो हाकिम स्वर्गको वास्ना पाउंदैन्।))



अतः इस्लाम धर्मको हाकिम (प्रमुख) उमर ईब्ने खताब जस्तो हुनुपर्छ् जसले एक दिन आफनो जनताहरुसित भन्नुभयो की मलाई यस्तो मानिसको बारेमा भन्नु। जसबाट म मुसलमानहरुको लागी महत्वपूर्ण कामहरु लिन् सक्छु। जनताहरुले अब्दुर्रहमान बिन औफ नाम भन्यो। तर तपाईले भन्नुभयो कि त्यो मान्छे कमजोर (दुब्लो) रहेछ्। त्यसपछि जनताहरुले धेरै मानिसहरु को नाम भन्नु भयो। तैपनि तपाईले तीनीहरुलाई यसको लागी योग्य ठानेन। फेरी जनताहरुले उमर इब्ने खत्ताबलाई सोध्यो की तपाई कस्तो मानिसलाई मनपराउनुहुन्छ्। तब तपाईले भन्नु भयो म यस्तो मानिस चाहन्छु। जब त्यो मानिसलाई मुसलमानहरुको हाकिम बनाईदियो भने त्यो व्यक्ति त्यसै मध्येका साधारण व्यक्ति जस्तो लाग्नुपर्छ् र जब उक्त मानिस मुसलमानहरुको हाकिम पदमा हुदैन भने त्यसको स्वभाव र सल्लाहहरुले हाकिम जस्तै लाग्नु पर्यो। त्यसपछि जनताहरुले भन्यो। रबी बिन हारिस बाहेक अरु सबै यस्तो चरित्र तथा स्वभावका छैन। त्यसपछि उमर इब्ने खत्ताबले भन्नुभयो की तिमीहरु सबै जना ठीक भन्यौं।))
2) मुसलमानहरुको हाकिम (प्रमुख) यस्तो मान्छेलाई बनाउनु हुंदैन। जसले आफनो कर्तव्य निभाउन सक्दैन। आफनो पदलाई दुरुपयोग गरेर आफनो नातेदारहरुलाई मात्र हेर्न खालका हुन्जाओस। जस्तै हजरत अबू बक्र सिद्दिक पहिलो खलिफाले यजिद़ बिन सुफियानलाई सिरियाको गभर्नर (शासक) बनाएर भन्नु भयो। ऐ यजी़द तीम्रो केही सम्बन्धीतहरु छन्। जसले गर्दा मलाई डर लागीरहेका छन की तिम्रो आदेश र शासनलाई प्रभावित गर्न सक्छ की? किनकी रसूल स,ले भन्नु भएको थियो। ((जुन व्यक्तिलाई मुसलमानहरु हाकिम (प्रमुख) बनाईयो। त्यो व्यक्ति आफनो सम्बन्धीतहरुलाई मात्र हेर्ने हुन्छन्। भने त्यस्तो व्यक्ति वा हाकिमसंग अल्लाहले घृणा र धिक्कार गर्दछन्।

त्यती मात्र कहां हो र त्यस्तो व्यक्तिको कुनै प्रार्थना र तपस्यालाई ईश्वरले स्वीकार गर्दैन र अन्तमा त्यो मानिसलाई नर्कमा हालदिन्छ्।)) अल मुसतदरक. पुष्ट 104 हदीस संख्या 7024

संसारको नियम कानून तथा संविधान भन्दा इस्लामी कानून कर्तव्यमा धेरै फरक छन्। किनभने इस्लामी कानून तथा संविधानलाई अल्लाहले निर्माण गर्नुभएको छ्। जसको समक्ष प्रमुख (हाकिम) साना, ठूला, कालो सेतो सबै समान हुन्छन्। यसमा कुनै पनि व्यक्तिलाई यस्तो अधिकार प्रदान गरेका छैन की जब उक्त व्यक्तिलाई हाकिम (प्रमुख) बनाईदियो भने त्यसले आफनो स्वार्थको लागी अल्लाहको कानूनलाई वहिष्कार गरेर आफनो मनपरि कानून लागु गर्न चाहोस्। आयत ((जब अल्लाह र उनका रसूलले कुनै मामलाको निर्णय गरी दिन्छन् तब कुनै पनी मोमिन पुरुष वा महीलाको लागी आफनो मामलामा निर्णयको अधिकार बाकी रहदैन र जसले अल्लाह एवं उनका रसूलको अवज्ञा गरयो भने ऊ स्पष्ट पथभ्रष्टतामा परयो।))
अल अहजाब 36

सम्पूर्ण मानिसहरु प्रति ईशवरी संविधानको सम्मान र वहांको आदेश अनुसार कार्यरत हुनु आवश्यक छ्। चाहे त्यो व्यक्ति जनताको हाकिम किन हो। ((आस्थावानहरुलाई जब तिनीहरुबिच निर्णयको लागी अल्लाह तथा उनका रसूलतर्फ बोलाईन्छ् तब उनीहरु स्पष्ट रुपमा अती मात्र भनिन्छन् हामीले सुन्यौं र आज्ञा पालन गर्यौं र यिनीहरु नै हुन सफल हुनेहरु)) अन नूर 51

No comments:

Post a Comment