Thursday 26 May 2011

परामर्श सभा

परामर्श सभाः

 परामर्श सभा इस्लामी शासन चलाउने मुल आधार हो। तथा राजनैतिक प्रवाह यसैद्धारा कायम रहन्छ्। यसबाट इस्लामी शासन सिधा मार्गतिर चल्छन्। आयत((र जो आफनो पालनकर्ताको आज्ञाकारी छन् र नमाज कायम गर्छन् र आफना मामलाहरु आपसी सल्लाहद्धारा चलाउने गर्छन् र धर्मले जे जती जीविका प्रदान गरेका छौं त्यस बाट खर्च गर्छन्।)) अश्शोरा 38
जुन इस्लामी धर्मको मुल स्तम्भ (pillor) हो। जसबाट थाहा हुन्छ् की बुद्धिजिविहरुका संगठनले जनताहरुकै भलाईको लागी सरसल्लाह गर्दै आगाडी बढाऊनुपर्छ्। यसै पंक्तिको अन्तयमा अल्लाहले आफनो त्यसतो मोमिन बन्दा (असल बन्दा) को राम्रा गुणहरुको प्रशंसा गरेका छन्। जसले आफनो कार्य सरसल्लाह गरेर गर्दछन्।
दोश्रो पंक्तिमा अल्लाहले आफनो रसूल सल्लल्लाहु अलैहि वसल्लम सित भन्नु भयो (( जुन व्यक्ति इस्लामी शासनका शासक हुन्। त्यो व्यक्तिलाई मुसलमानहरुको उद्देश्य अनुसार सल्लाहु गर्नुपर्छ्। जसरी के अबू हुरैरहले भन्नुहुन्छ् की नबी सल्लल्लाहु अलैहि वसल्लम धेरै सल्लाह गर्नुहुन्थिए। र उस्तै इस्लाममा प्रत्येक व्यक्तिलाई बोल्ने सल्लाह गर्ने अधिकार प्रदान गरेका छन् जसरी की आफनो अधिकारको लागी आत्याचारी हाकिमको सामुन्ने भन्नु ठूलो जेहाद (युद्ध) हो।)) तरमिजी हदीस संख्या 1714

      यसरी अबू बक्र सिद्दिक़ पहिल खलिफाले जनताहरुलाई सम्बोधित गर्दै भन्नु भयो की जनताहरु हो म तपाईहरुको लागी प्रमुख (हाकिम) बनाईएका छौं। म तपाईहरु भन्दा राम्रो छैन। तैपनी तपाईहरु मलाई इस्लामी संविधानको अनुसार गर्दै पायो भने तपाईहरु पनि मलाई सहयोग गर्नु र जब मलाई यसको विपरित गर्दै पायो भने

यसबाट सचेत गराउनु तब सम्म मेरो कुरा मान्नु जब सम्म म अल्लाहको निर्देशन अनुसार गर्दै आइरहन्छु र जब अल्लाहको कुरालाई उल्लंधन गरेको हेरर्छौं भने मेरो कुरामाथी विश्वास नगर्नु यसरी नै उमर इब्ने खत्ताब एक दिन स्टेजमा (समारोह मंचमा) उभिएर जनताहरुलाई भन्नुभयो कि हे मेरा जनताहरु जब तपाईहरु मलाई नराम्रो बाटो तिर लागेको देख्यो भने मलाई असल बाटोतिर डोरयाउनु त्यसैबेला पुरै मानिसहरुको समुहबाट एक जना देहाती उभिएर भन्न थाले अल्लाहकी कसम यदि हामीहरु तपाईलाई नराम्रो बाटो अंगालेको देख्यों भने म तपाईलाई तलवारको सहायताले राम्रो बाटो अंगालन लगाउछु। तपाई देहातीको कुरा सुनेर आश्चर्यकित हुनुभयो र उसको कुराको लागि कृत्यज्ञ हुनुभयो। अल्लाहले यस्तो खालका मानिसहरुलाई पृथ्वीमा जन्म दिएका छन्। जुन मानिसले उमर इब्ने खत्ताब जस्तो खलिफा (पहलवान) लाई ठिक लगाउन सक्छ्।
स्वम हाकिम उमर इब्ने खत्ताबले आफना अधिकारीहरु बिचमा छलफल गर्दैथियो। त्यसैबेला एउटा व्यक्ति उमर इब्ने खत्ताबलाई सोध्यो की तपाईको नियम र अनुरोध कसरी स्वीकार गरु तपाईले भन्नु भयो की किन? त्यसपछि उक्त व्यक्तिले फेरी भन्यो तपाईको शरिरमा दईवटा लुगा छन् र हाम्रो शरिरमा मात्र एउटा लुगा छ्। जबकी प्रत्येक मुसलमानहरु एउटा मात्र लुगा लगाउन पाउछन्। त्यसपछि उमर इब्ने खत्ताबले ठूलो स्वरमा कराएर आफनो छोरा अब्दुल्लाह इब्ने उमरलाई बोलाए र त्यो व्यक्तिको प्रशनको जवाब दिन लगाउनु भयो। उनका छोराले भने यो दोश्रो लुगा असलमा हाम्रो हो। तर म त्यो लुगा आफनो बुवालाई दिएका छुँ। यो सुनेर त्यो व्यक्तिले भन्यो की म तपाईको अधिनता स्वीकार गर्दछु। मुसलमानहरुले आफनो इस्लामी संविधान अनुसार र राजनेताहरु आफनो कार्यकुशलताद्धुरा मसलमानहरुको अधिकारको रक्षा र सम्पूर्ण

मानिसहरुको स्वतन्त्रता (आजादी) को रक्षा गरौं। संसारको स्वार्थी ऐन कानून जुन आफनो भलाईको लागी बनाईएका छन्। त्यस्ता कानूनदेखि सचेत रहनुपर्छ्। त्यसैले इस्लामी संविधानसभाले सम्पूर्ण मानिसहरुलाई त्यस्तो कानून बनाउने अधिकार प्रदान गर्दछन्। जुन प्रत्येकको लागी लाभकारी होस् र इस्लामको मुलआधार देखी न टकराओस्।

1 comment:

  1. सलाम वालैकुम रहमतुल्लाही व बरतातूहु, म केदार नाथ खरेल(मुहम्मद इब्राहीम) कुवैत,
    इस्लाम प्रिजेन्टेशन कमिटी, कुवैत
    नेपाली शिक्षक,
    शुद्धतामा ध्यान दिनु होला ल सर

    ReplyDelete