शान्ति र संविधानको काम चाँडै हुने प्रधानमन्त्रीको आश्वासन
१७ माघ,काठमाडौ । पटकपटक अवरुद्व हुदै आएको
व्यवस्थापिका संसद सुचारु गराउन सभामुख सुवास नेम्वाङ्ले प्रधानमन्त्री डा
बाबुराम भट्टराईसँग आग्रह गरेका छन । प्रधानन्त्रीको सरकारी निवास
बालुवाटारमा बिहान भेटी सभामुख नेम्वाङले विपक्षी दलहरुको संसद अवरोध र
यसले पारेको प्रभावको बारेमा प्रधानन्त्री भट्टराईलाई जानकारी गराएका थिए ।
प्रधानमन्त्रीसँग आफूले प्रतिपक्षी दलहसाग छलफल गरेर अवरुद्व संसद सुचारु
गर्नतर्फ ध्यान दिन आग्रह गरेका हुन् । जवाफमा प्रधानन्त्री भट्टराईले
केहीदिनमै अवरुद्व संसद सुचारु हुने र शान्ति र संविधानको कामले फड्को
मार्ने जानकारी सभामुखलाई गराउनु भएको बुझिएको छ ।त्तकालिन माओवादीको
जनसत्ताले गरेको घरजग्गाको कारोबारलाई सरकारले गरेको बैधता दिने निर्णय
फिर्ता लिनुपर्ने माग गर्दै नेपाली काङ्ग्रेस, नेकपा एमाले लगायतका
नेताहरुले लगातार ६ ओटा संसद बैठक अवरुद्व गर्दै आएका छन् ।
सभाध्यक्ष नेम्वाङले गत असोजमा आएको
भूम्पका कारण विस्थापित भएकाहरुले राहत नपाएको, विपद व्यवस्थापन सम्बन्धी
विधेयक संसदमा चाँडो ल्याउन पनि प्रधानन्त्रीको ध्यानाकर्षण गराउनु भएको
थियो । प्रधानमन्त्री भट्टराईले पीडित परिवारलाई २५ हजारका दरले राहत रकम
उपलब्ध गराइएको तथा थप राहतका लागि सरकारले तयारी गरिरहेको जानकारी गराए ।
